• ANONYUKH

    ANONYUKH WAS HERE

बजेटमा पर्यटनका योजना Jul 15, 2014 00:57

ठूला विमानस्थल निर्माणका साथै मझौला तथा साना विमानस्थल निर्माणलाई सरकारले प्राथमिकता दिनेछ । बजेटमा सरकारले विमानस्थल निर्माण तथा सुधारका लागि ७ अर्ब ८ करोड रुपैयाँ विनियोजन गरेको छ भने पर्यटन क्षेत्रको विकासको लागि ३ अर्ब ८२ करोड रुपैयाँ छुट्याएको छ ।   

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई आधुनिकीरकण गरी सुविधा सम्पन्न बनाइने भएको छ । त्यस्तैगरी भैरहवास्थित गौतम बुद्ध क्षेत्रीय विमानस्थलको निर्माण कार्य यसै वर्ष सुरु गर्ने तथा पोखरा विमानस्थलका लागि जग्गा प्राप्ति तथा आधारभूत पूर्वाधारको कार्य सम्पन्न गरी विमानस्थल निर्माण कार्य प्रारम्भ गर्ने योजनासमेत बजेटमा राखिएको छ ।

सरकारले बाराको निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणका लागि आगामी वर्ष वस्ती स्थानान्तरण गरिनेछ । विमानस्थलको निर्माण पूर्वका चरणहरूका कार्य सम्पन्न गर्न ५० करोड रुपैयाँ विनियोजन गरिएको छ ।

सरकारले विराटनगर, नेपालगन्ज र धनगढी विमानस्थललाई सुविधा सम्पन्न क्षेत्रीय विमानस्थलको रूपमा विकास गरिने भएको छ । जनकपुुर, भद्रपुर र सुर्खेत विमानस्थललाई रात्रिकालीन अवतरणयोग्य बनाइने भएको छ । सुर्खेतको रामघाटमा विमानस्थलका लागि विस्तृत सम्भाव्यता अध्ययन गरिनेको साथै प्युठानको चल्नेटार र तेह्थुमको चुहान डाँडामा विमास्थल निर्माणको सम्भाव्यता अध्ययन गरिनुको साथै राजविराज विमानस्थललाई सञ्चालनमा ल्याइने उल्लेख छ ।

हवाई सेवालाई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय आवागमन र पहुँच बढाउन राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमका विमानहरू थप गरी आगामी ५ वर्षभित्र आन्तरिक उडानतर्फ १५ वटा जहाज र अन्तर्राष्ट्रिय उडानतर्फ ७ वटा नयाँ जहाज सञ्चालनमा ल्याइनेछ । हवाई कम्पनीलाई कारोबार सुरु गरेको मितिले ५ वर्षसम्म आयकरमा शतप्रतिशत छुट दिइने तथा ३ वर्ष सम्म ५० प्रतिशतसम्म आयकर छुट दिइने भएको छ ।

लगानी गर्नेलाई प्रोत्साहन  

राराताल र अन्य महत्वपूर्ण ताल किनारामा सुविधा सम्पन्न रिसोर्ट निर्माण गरी सञ्चालनमा ल्याउने पर्यटन व्यवसायीलाई १० वर्षसम्म शतप्रतिशत आयकार छुट दिइने भएको छ । त्यस्तैगरी पोखराको फेवातालमा म्युजिकल वाटर फाउन्टेन निर्माणका लागि निजी क्षेत्रलाई आकर्षित गरिनेसमेत बजेटमा उल्लेख छ । लुम्बिनी र पशुपति क्षेत्रको गुरुयोजनाको कार्यन्वयनमा तीव्रता दिइने भएको छ । त्यस्तैगरी बृहत्तर जनकपुर क्षेत्रको विकासको गुरुयोजना तयार पारी कार्यन्वयनमा ल्याइने भएको छ । अन्य महत्वपूर्ण धार्मिक–पर्यटकीय स्थलहरूको विकासमा प्राथमिकता दिइने भएको छ ।

ग्रेट हिमालय ट्रेल प्राथमिकतामा 

सरकारले चालू वर्षदेखि ताप्लेजुङदेखि दार्चुलासम्मको उच्च पहाडी ग्रामीण पर्यटनलाई पर्यटन पूर्वाधार कार्यक्रमअन्तर्गत ‘ग्रेट हिमालयन ट्रेल’ अवधारणालाई प्राथमिकता साथ अघि बढाइने भएको छ । सरकारले नेपाललाई नै पर्यटकीय सम्भावना भएको क्षेत्र भएकाले विश्व पर्यटन मानचित्रमा नेपाललाई आकर्षक, रमणीय र सुरक्षित गन्तव्यस्थलको रूपमा परिचित गराउँदै पर्यटकबाट अधिकतम लाभ लिन सक्ने गरी नेपाललाई आकर्षक गन्तव्यको रूपमा विकास गरिने बजेटमा उल्लेख छ ।

बजेटमा पर्यटन  

ठूलो लगानीमा आयकर छुट

नेपाल वायुसेवा निगमलाई ५ वर्षभित्र २२ नयाँ जहाज

रारा र ताल क्षेत्रमा लगानी गर्नेलाई प्रोत्साहन

ग्रेट हिमालय ट्रेल प्राथमिकतामा

विमानस्थल निर्माणका लागि ७ अर्ब ८ करोड

पर्यटन विकासका लागि ३ अर्ब ९२ करोड


Post Comment
Name *
Email *
Address *
Comment *
Security Code *
 
 
   
अरु समाचारहरु :: National News

Events View all+

Articles View all+

Poll Widget

HACKED BY ANONYUKH