• ANONYUKH

    ANONYUKH WAS HERE

मन्त्री छनोटका लागी कांग्रेस,एमाले छलफलमा Feb 24, 2014 07:33
          काठमाडौं—१२ फागुन,गृहमन्त्रालय विवाद मिलेपछि नेपाली कांग्रेस र एमालेले आफ्नो पार्टीका तर्फबाट मन्त्री कसलाई बनाउने भन्नेबारे आन्तरिक गृहकार्य तीव्र पारेका छन् ।

नेपाली कांग्रेसको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ । छलफलमा रामशरण महत, कृष्ण सिटौला, दीपकुमार उपाध्याय, र मिनेन्द्र रिजाल, विमलेन्द्र निधि र पूर्णबहादुर खड्का सहभागी रहेका छन् ।

दुई दलबीच भएको सहमति अनुसार कांग्रेसले पाउने दश मन्त्रालयमध्ये संस्थापन पक्षबाट ६ र देउवा पक्षबाट ४ जना सहभागी गराउने प्रयास भइरहको छ । कांग्रेसले रक्षा, सञ्चार, स्थानीय विकास, आवास तथा भौतिक योजना निर्माणलगायतका मन्त्रालय पाउने सहमति भएको छ ।

यस्तै, मन्त्रीको नाम टुंगो लगाउन एमालेको स्थायी कमिटीले अध्यक्ष झलनाथ खनाल, स्थायी कमिटी सदस्य केपी शर्मा ओली र उपाध्यक्ष वामदेश गौतमलाई जिम्मा दिएको छ । ग्राण्डी अस्पातालमा बसेको बैठकका वरिष्ठ नेता माधवकुमार नेपाल भने उपस्थित हुनु भएन । ससंदीय दलका नेता केपी ओली अस्पतालमा उपचार गराइरहेकाकाले त्यहाँ गएर बैठक बसेको हो ।

नेता नेपालले भने अस्पातालमा गएर बैठक बस्नु उपयुक्त नहुने भन्दै बहिस्कार गरेको बताइएको छ । उहाँले ओलीको राय लिएर बैठक पार्टी कार्यालय वा सिंहदरबारमा बस्नु पर्ने बताउनुभएको थियो ।

एमालेले दश मन्त्रालय पाउने सहमति भएको छ । एमालेले गृह, परराष्ट्र, स्वास्थ्य, भूमिसुधारलगायतका मन्त्रालय पाउने भएको छ । उसले उपाध्यक्ष वामदेव गौतको नेतृत्वमा सरकारमा जाने निर्णय गरिसकेको छ ।  
 

Post Comment
Name *
Email *
Address *
Comment *
Security Code *
 
 
   
अरु समाचारहरु :: National News

Events View all+

Articles View all+

Poll Widget

HACKED BY ANONYUKH