• ANONYUKH

    ANONYUKH WAS HERE

मन्त्रालय भागबण्डा मिल्यो Feb 23, 2014 23:40


नेपाली कांग्रेस र नेकपा एमालेबीच मन्त्रालयको भागबण्डामा कुरा मिलेको छ ।
 
सोमबार बिहना २ बजेसम्म राजधानीको होटल द्वारिकाज्मा भएको दुईदलको वार्तामा १०–१० वटा मन्त्रालय कांग्रेस एमालेले राख्ने, राप्रपा र मालेलाई एक एक तथा बाँकी ४  वटा मन्त्रालय साना दललाई दिनेगरी प्रधानमन्त्रीसँगै राख्नेगरि सहमति भएको दीपकुमार उपाध्यायले सेतोपाटीलाई बताए ।
 
सहमति अनुसार रक्षा, अर्थ,सञ्चार, सहरी विकास, शिक्षा,स्थानीय विकास, आवास तथा भौतिक योजना, शान्ति तथा पुर्न निर्माण, कानून न्याय तथा संसदीय र सिँचाई मन्त्रालय  कांग्रेसले राख्ने भएको छ ।
 
यसैगरी नेकपा एमालेले गृह तथा उपप्रधान, परराष्ट्र, सामान्य प्रशासन, स्वास्थ्य, उर्जा, पर्यटन, बन,यूवा तथा खेलकुद, कृषि र भूमिसुधार तथा ब्यवस्था मन्त्रालय राख्ने सहमति भएको छ।
 
सूर्यबहादुर थापा नेतृत्वको राप्रपा र सिपी मैनालीको पार्टी मालेलाई एक एक मन्त्रालय दिने सहमति भएको छ। अन्य ४ मन्त्रालय सरकारमा आउन चाहने साना दलका लागि भनेर प्रधानमन्त्रीसँग रहनेछन्।
 
कांग्रेस एमालेले मन्त्रालय भागबण्डा मिलाउँदा शक्तिशालाी, विकासे र सामान्य गरी वर्गिकरण गरेर लगाएका थिए।
 
सहमतिसँगै कांग्रेस र एमाले आफ्ना दलबाट मन्त्री छान्न आन्तरिक बैठकमा बसेका छन् । कांग्रेसका मन्त्री छान्न बालुवाटारमा बैठक बसिरहेको छ भने एमालेका मन्त्री छान्न एमाले स्थायी समितिको बैठक धापासीस्थित ग्राण्डी होटलमा बसीरहेको छ।
 
प्रधानमन्त्री सुशील कोइराला सबैतिरबाट अप्ठ्यारोमा परेको भन्दै आइतबार एमालेलाई गृह मन्त्रालय दिन सहमत भएपछि मन्त्रालय बाँडफाडका लागि दुई पक्षिय वार्ता भएको थियो ।

Post Comment
Name *
Email *
Address *
Comment *
Security Code *
 
 
   
अरु समाचारहरु :: National News

Events View all+

Articles View all+

Poll Widget

HACKED BY ANONYUKH