• ANONYUKH

    ANONYUKH WAS HERE

एमालेलाई गृह दिन प्रधानमन्त्री तयार Feb 23, 2014 05:08
कठमाडौं, ११ फागुन/ नेकपा एमालेलाई गृहमन्त्रालय दिएर पनि मन्त्रिपरिषद विस्तार गर्न कांग्रेस पदाधिकारीले प्रधानमन्त्री एवम् सभापति सुशील कोइरालालाई सुझाब दिएका छन् । प्रधानमन्त्री कोइरालाले बिहान कांग्रेस पदाधिकारीसँग बालुवाटारमा छलफल गर्नुभएको थियो । छलफलमा आफूहरुले नेकपा एमालेलाई गृहमन्त्रालय दिएर पनि आज बेलुकासम्म मन्त्रिपरिषद विस्तार गर्न सुझाब दिएको एक नेताले बताए । त्यसमा प्रधानमन्त्री कोइराला पनि सकारात्मक देखिनुभएको छ । कांग्रेस र एमाले आआफ्ना अडानमा अडिग रहेपछि दुई सातासम्म पनि मन्त्रिपरिषदले पुर्णता पाउन नसकेपछि विहान बालुवाटार पुगेका कांग्रेस उपसभापति रामचन्द्र पौडेल, महामन्त्रीद्वय प्रकाशमान सिँह र कृष्ण सिटौला लगायतका नेताले गृहमन्त्रालय एमालेलाई दिएर पनि सहमतिका साथ अघि बढ्न सुझाब दिएको स्रोतले जनाएको छ । प्रधानमन्त्री कोइरालाले पटक पटक मन्त्रिपरिषद विस्तारको तयारी गरेपनि आन्तरिक विवाद र एमालेका कारणले मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । पदाधिकारी बैठकमा सरकारमा सहभागी हुने नेताहरुको नामावलीका सम्बन्धमा पनि छलफल भएको स्रोतको दाबी छ ।

Post Comment
Name *
Email *
Address *
Comment *
Security Code *
 
 
   
अरु समाचारहरु :: National News

Events View all+

Articles View all+

Poll Widget

HACKED BY ANONYUKH