• ANONYUKH

    ANONYUKH WAS HERE

बाघे नाम राखेर गुण्डागर्दी गर्ने सुकबहादुरलाई खरेलले खोरमा हाले Feb 22, 2014 23:07
१० फागुन, काठमाडौं ।
          गुन्डागर्दीमा कहलिएका सुकबहादुर लामा उर्फ बाघे प्रहरीको फन्दामा परेका छन्। स्वयम्भु क्षेत्रमा बसेर हप्ता असुलीमा कहलिएका बाघे महानगरीय प्रहरी परिसर काठमाडौंको फन्दामा फसेका हुन्। प्रारम्भमा दिपक गुरुङ उर्फ मनाङेको समूहमा रहेर काम गर्ने गरेका उनी पछिल्लो समय आफ्नै समुहलाई सक्रिय गराएका थिए।

पछिल्लो समय स्वयम्भुमा सामूदायिक सेवा केन्द्रको उपाध्यक्षका रुपमास क्रिय उनी त्यही केन्द्रलाई रकम असुलीको माध्यम बनाउन सक्रिय रहेको परिसरले सार्वजनिक गरेको छ।
परिसरका अनुसार बाघे केन्द्रको कभरमा बसेर सर्वसाधारणसंग जर्वजस्ति रकम असुली, स्थानिय उद्योग व्यवसायीहरुलाई आतंकित बनाउन सक्रिय थिए।

प्रहरीले राखेको उनको ट्रयाक रेकर्डमा बाघे मनाङ्गेको समुहमा रही विभिन्न अपराधीक कृयाकलापमा सक्रीय थिए। २०५९ भदौं १७ गत झापा भेलाडुब्बाको लोचन प्रसाद विमली खाना खान होटल उड्ल्याण्डमा गएको बेला उनलाई कुटपीट गरेर १ लाख २८ हजार रुपैंया लुटेका थिए। सो अभियोगमा बाघे काठमाडौं जिल्ला अदालतवाटे साधरण तारेखमा छुटेका थिए।

बाघे २०६४ कात्तिक १५ गते बौद्धको हृयात रिजेन्सी होटलमा नगेन्द्र श्रेष्ठलाई खुकुरी हानेको घटनामा समेत संलग्न थिए। उनी त्यो केसमा समेत २८ हजार धरौटी राखेर मुक्त भएका थिए।

तेस्रो पटक बाघे कलंकीमा रहेको मितेरी यातायातका शंकर शर्मा गुरागाईलाई कलंकीबाट अपहरण गरी कुटपिट गरेको अभियोगमा पक्राउ परेका थिए। अपहरण अभियोग लागेका उनी जेल पुगे।

प्रहरीले उपत्यकाका गुन्डागर्दीमा सक्रिय रहेको अभियोगमा तेजेन्द्र गुरुङ, बलराम सापकोटा लगायत ५० भन्दा बढीलाई पक्राउ गरिसकेको छ ।

Post Comment
Name *
Email *
Address *
Comment *
Security Code *
 
 
   
अरु समाचारहरु :: National News

Events View all+

Articles View all+

Poll Widget

HACKED BY ANONYUKH