• ANONYUKH

    ANONYUKH WAS HERE

मनमोहन सिंहको अन्तिम विदेश भ्रमण नेपाल Feb 21, 2014 22:44

    1   0 फागुन, काठमाडौं । भारतका प्रधानमन्त्री डा. मनमोहन सिंह कार्यकालको अन्तिम विदेश भ्रमणका क्रममा नेपाल आउने तयारीमा छन् । उनले आफू नेपाल भ्रमण गर्न इच्छुक रहेको जनाउँदै भारतीय विदेश मन्त्रालयलाई तालिका तय गर्न निर्देशन दिएका छन् ।

सुशील कोइराला प्रधानमन्त्री नियुक्त भएको पर्सिपल्ट नै उनले भारतीय समकक्षी सिंहलाई नेपाल भ्रमणका लागि लिखित रुपमा औपचारिक निमन्त्रणा दिएका थिए ।

कोइरालाले भारतीय राजदूत रञ्जित रेलाई औपचारिक पत्र हस्तान्तरण गरी सिंहलाई नेपाल भ्रमण गराउन आग्रह गरेका थिए । परराष्ट्र मन्न्त्रालय उच्च स्रोतका अनुसार भारतीइ पक्षसँग भ्रमणका विषयमा छलफल भएको छ । ‘भ्रमणको तिथि अझै टुंगो लागेको छैन् । उनी फागुनको अन्त्य वा चैतको पहिलो साता नेपाल आउन सक्छन्,’ स्रोतले भन्यो ।
 

कोइरालाले आफूले केही महिना अघि मात्रै भारत भ्रमण गरेको स्मरण गराउँदै दुई कार्यकालमा एकपटक पनि नेपाल भ्रमण नआएकोले उनलाई नेपाल आउन आग्रह गरेको जानकारी कोइराला निकट स्रोतले दियो । कोइरालाको निम्तापछि शिष्टाचार महापालको कार्यालय, भारत हेर्ने दक्षिण एसिया महाशाखा, दिल्लीस्थित नेपाली दूतावास एवं नेपालस्थित भारतीय दूतावासले गोप्य रुपमा भ्रमणको कार्यक्रम तय गरिरहेको छ ।
 

प्रधानमन्त्री कोइरालाका परराष्ट्र मामिला सल्लाहकार दिनेश भट्टराईले कोइरालाले आफ्ना समकक्षीलाई राजदूतमार्फत भ्रमणका लागि लिखित निमन्त्रणा दिएको बताए । मौखिक रुपमा पनि सिंहलाई निमन्त्रणा दिइसकेको र उनी सकारात्मक रहेको स्पष्ट पार्दै भट्टराईले भने, ‘सरकार गठन प्रक्रिया पूर्ण भएपछि राजनीतिक प्रक्रिया सहज रुपमा अघि बढे सिंह नेपाल आउने अवस्था बन्छ ।’ भारतीय दैनिक द टेलिग्राफले पनि सिंह नेपाल भ्रमणमा आउन लागेको समाचार शुक्रबार सार्वजनिक गरेको छ । भारतमा निर्वाचनको मिति नजिकिएकाले सिंहको नेपाल भ्रमण छिट्टै हुनसक्ने स्रोतले दाबी गरेको छ । कोइराला र सिंहबीच यही फागुन १७ देखि २१ सम्म म्यानमारमा हुने बिमस्टेक सम्मेलनमा भेट हुनेछ ।

- S

Post Comment
Name *
Email *
Address *
Comment *
Security Code *
 
 
   
अरु समाचारहरु :: National News

Events View all+

Articles View all+

Poll Widget

HACKED BY ANONYUKH