• ANONYUKH

    ANONYUKH WAS HERE

माओवादीसँगको गोप्य सहमति भाँडिएपछि एमालेले धोका खाएको खुलासा Feb 18, 2014 22:59

        ७ फागुन, काठमाण्डौ । यतिबेला नेपाली कांग्रेस र एमालेवीच धोखाघडीको आरोप प्रत्यारोप चलिरहेको छ । तर, त्यसअघि नै एमाले र माओवादीवीच भएको एउटा गोप्य सहमति तुहिंदा एमालेले कांग्रेससँग धोका खाएको खुलासा भएको छ ।

गृह दिन राजी भइसकेको नेपाली कांग्रेसले किन प्रधानमन्त्री चयनपछि एमालेलाई लोप्पा खुवायो भन्ने कुराको जड भने अन्तै रहेछ ।

सुशील कोइराला प्रधानमन्त्री बन्नु दुई दिन अघि साँझ एमाले–माओवादी नेताहरुलाई पुरानो बानेश्वरमा कसले जुटायो र भोलीपल्टै फुटायो ? ६४ सालमा राष्ट्रपति निर्वाचनका बेलाको घात प्रतिघातलाई बिर्सेर फेरि सहकार्य गर्न जुटेका यी दुई कम्युनिष्टको सहमतिमा कसले चिसो पानी खन्याइदियो ?

बिश्वस्त सूत्रबाट प्राप्त जानकारीअनुसार पुरानो बानेश्वरमा एमाले निकट एक कर्मचारीको घरमा त्यसदिन साँझ प्रचण्ड, बाबुराम, नारायणकाजी, केपी, बामदेव,इश्वर पोखरेल, बिष्णु पौडेल जुटेका थिए । राष्ट्रपति र उपराष्ट्रपतिको चुनावका लागि काँग्रेस तयार नभएसम्म ऊसँग कुनै पनि किसिमको सहमति नगर्ने टुंगो लाग्यो । राष्ट्रपति एमालेले लिए कांग्रेसलाई प्रधानमन्त्री र आफुलाई सभामुख दिनुपर्नेमा माओवादीको जोड थियो ।

राष्ट्रपतिको चुनाव नभएसम्म ऊ नेतृत्वको सरकारमा सहभागी नहुने र आफ्ना सर्त मान्न तयार नभए काँग्रेस नेतृत्वको बिकल्प खोज्नेसमेत सहमति भयो ।

माओवादी नेताहरुले भने– राष्ट्रपतिको बिषयमा हामी अन्तिमसम्म अडिइरहने तर तपाईहरुले बिचमै अडान छाड्ने हो कि ? तर, एमालेले परस्परको समन्वयबिना कांग्रेससँग छुट्टै सम्झौता नगर्ने बचन दियो ।

त्यो सहमतिको रिपोर्टिङ बिभिन्न ठाउँमा भएपछि रातभरमै सहमति धुजाधुजा भएको बुधबार प्रकाशित जनआस्था साप्ताहिकले छापेको छ ।

एमाले माओवादी बार्ताको जानकारी पाएपछि दीपकुमार र रामशरणबाट पार नलाग्ने भन्दै सुशीलले सिटौला र मिनेन्द्रलाई एमालेसँग वार्ता गर्न पठाए । आफुलाई गृह चाहिने एमाले प्रस्तावमा सहमति जनाउँदै यो टोलीले माओवादीसँग मिल्न नदिन सफल भयो । सो सहमतिको जानकारी सुशीललाई गराउँदा उनले मुन्टो हल्लाइरहे तर केही बोलेनन् ।

उता प्रचण्डले सुशीललाई सघाउने बचन दिन भ्याए । त्यो थाहा पाएर केपी ओली पनि सुशीलको उम्मेदवारीको समर्थक बन्न पुगे ।

दुई दिनअघिको सहमति पालना नहुँदा न त एमालेले गृह पायो न त एमाओवादीले सभामुख नै । आखिर दुवै दललाई भिडाएर कांग्रेसले राष्ट्रपति र गृहमन्त्रालय आफैसँग राख्न सफल भयो ।

 


Post Comment
Name *
Email *
Address *
Comment *
Security Code *
 
 
   
अरु समाचारहरु :: National News

Events View all+

Articles View all+

Poll Widget

HACKED BY ANONYUKH