• ANONYUKH

    ANONYUKH WAS HERE

ओलीले भने- उन्नत संस्कार शुरु भयो, यसैगरी अघि बढ्नुपर्छ - Feb 18, 2014 08:04

                          ६ फागुन, काठमाडौं । एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले संविधानसभा अध्यक्षका लागि सबै दलहरुले सुवास नेम्वाङप्रति सहमति देखाएकोमा आफूलाई खुशी लागेको बताएका छन् । दलहरुले उन्नत संस्कार देखाएको भन्दै नेता ओलीले सबै दलहरुलाई धन्यवाद दिएका छन् ।

‘दलहरुले उम्मेद्वारी नदिएर समझदारी देखाएकोमा कांग्रेस, एमाओवादी, राप्रपा नेपाल, मधेसकेन्दि्रत दलहरु, स्वतन्त्र सभासद र अन्य दलाई पनि धन्यवाद दिन चाहन्छु’ मंगलबार संविधानसभामा सुवासचन्द्र नेम्वाङलाई सभासध्यक्ष बनाउने प्रस्ताव पेश गर्दै ओलीले भने, ‘सबै दल र माननीय ज्युहरुले उन्नत स्तरको संस्कृति देखाउनुभएको छ, यसलाई आगामी दिनमा पनि बढाएर लैजानुपर्छ भन्न चाहन्छु ।’

संविधानसभामा कसैको आलोचना नगरी शालीनरुपमा प्रस्तुत भएका ओलीले भिन्न विचारहरुलाई फूलबारीको संज्ञासमेत दिएका छन् ।

‘सभाध्यक्षमा एउटा मात्रै उम्मेद्वारी पर्नु अत्यन्तै खुशीको कुरा हो । हामीले सहमतिका लागि प्रयास गरेका थियौं, त्यो अलिकति खुस्किए पनि सहमतिका साथ सभाध्यक्ष बनाउन खोजिरहेका छौं,’ ओलीले संविधानसभामा भने,- ‘ हामीले एकवर्षभित्र संविधान ल्याउने भनेका छौं । हामी विभिन्न विचारका रंगीन फूलबारीजस्तै छौं । एक वर्षभित्र संविधान ल्याउनुपर्नेछ । यो राम्रो सुरुवात हुने मैले विश्वास लिएको छु ।’

ओलीले भने- ‘हाम्रा काम साझा छन्, एउटै संविधान जारी गर्नुपर्ने साझा काम छन् । हामीले अरु पनि धेरै काम गर्नुछ । विदेशका पनि नकारात्मक होइन सकारात्मक उदाहरणहरुलाई लिएर अगाडि बढ्न जरुरी छ ।’
 

सुवास नेम्वाङ निश्पक्ष भएको दाबी

एमाले नेता ओलीले सभामुखका एकमात्र उम्मेद्वार सुवास नेम्वाङलाई विभिन्न शब्दावली प्रयोग गर्दै मुक्तकण्ठले प्रशंसा गरे । ‘मेरो दलको तर्फबाट भन्न चाहन्छु, सुवास नेम्वाङ निश्पक्ष, सबैको अध्यक्षको हिसावले यसलाई कामकाजी बनाउने सन्दर्भमा दलीय नियन्त्रणभन्दा स्वतन्त्र हुनुहुन्छ, ओलीले भने- ‘मैले सुवास नेम्वाङका विषयमा भनिरहनुपर्ने, चिनाइरहनुपर्ने नाम होइन । नेपालको कानून क्षेत्र, राजनीतिक क्षेत्रले उहाँलाई राम्रोसँग जान्दछ । उहाँको चार दशक लामो कानूनी पृष्ठभूमि छ । ०४६ सालको परिवर्तनपछि नै जननिर्वाचित संस्था र अघिल्लो संविधानसभामा पनि नेतृत्व गरेका नेम्वाङ मैले धेरै भन्नुपर्ने नाम होइन ।’


Post Comment
Name *
Email *
Address *
Comment *
Security Code *
 
 
   
अरु समाचारहरु :: National News

Events View all+

Articles View all+

Poll Widget

HACKED BY ANONYUKH