• ANONYUKH

    ANONYUKH WAS HERE

कमल थापालाई सूर्यबहादुरले रोष्टममा जान दिएनन् Feb 18, 2014 07:52

                   ६ फागुन, काठमाडौं । संविधानसभानका अध्यक्ष सूर्यबहादुर थापाले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई रोष्टममा चढ्न नदिई तलैबाट बोल्न आग्रह गरेका छन् ।

सभासध्यक्षको चयनका लागि जारी संविधानसभा बैठकमा बोल्नका लागि रोष्टममा चढ्न लागेका बेला अध्यक्ष सूर्यबहादुरले हातले इशारा गर्दै आफ्नै सीटबाट बोल्न आग्रह गरेपछि कमल थापा आफ्नै सीट तर्फ फर्किएका थिए ।

प्रचण्ड, कृष्णप्रसाद सिटौला र केपी ओलीलाई रोष्टममा उभिएर लामो समय बोल्न दिएका सूर्यबहादुर थापाले कमल थापालाई भने तीन मिनेटमात्रै समय दिए ।

आफ्नो सीटबाट बोल्न शुरु गर्दै अध्यक्ष कमल थापाले सूर्यबहादुरमाथि व्यंग्य गर्दै भने- ‘संविधानसभा अध्यक्ष ज्यूले मलाई बेलाबखत यसैगरी माया गर्दै आउनुभएको छ ।’

राप्रपा नेपालका अध्यक्ष कमल थापा राप्रपाका अध्यक्ष सूर्यबहादुर थापावीच यस्तो व्यवहार संविधानसभा र व्यवस्थापिका संसदमा मंगलबार पहिलोपटक देखिएको चाहिँ होइन । यसअघि पनि दुई थापाहरुवीच संसदभित्र यस्तै व्यक्तिगत छेडखान हुने गरेको थियो ।

अघिल्लो पटक एउटा बैठकमा कांग्रेस, एमाले र एमाओवादी नेतालाई बोल्न दिँदा दलको नाम किटेर बोलाएका सूर्यबहादुरले कमल थापालाई भने दलको नाम भनेका थिएनन् । त्यसबेला पनि कमल थापाले आफ्नो दलको नाम नभनेकोमा संसदमै गुनासो पोखेका थिए ।

-

Post Comment
Name *
Email *
Address *
Comment *
Security Code *
 
 
   
अरु समाचारहरु :: National News

Events View all+

Articles View all+

Poll Widget

HACKED BY ANONYUKH