• ANONYUKH

    ANONYUKH WAS HERE

संविधानसभा अध्यक्षका लागि आज चुनाव Feb 17, 2014 22:07

                           काठमाडौ, फागुन ६ – संविधानसभा अध्यक्ष चयनका लागि मंगलबार चुनाव हुने भएको छ ।

सहमतिका आधारमा संविधानसभा अध्यक्ष चयन नभएपछि बहमुतीय प्रक्रियाबाट अध्यक्ष चयन गर्ने तयारी संविधानसभा सचिवालयले गरेको छ ।

त्यसका लागि बिहान दश बजेदेखि दिउँसो दुईबजेसम्म उम्मेदवारी दर्ता, दिउँसो साढे दुईबजे उम्मेदवारको नामावली प्रकाशन र बेलुकी पाँच बजे संविधानसभा बैठकमा मत विभाजनका आधारमा संविधानसभा अध्यक्ष चयन गर्ने तालिका तय भएको छ ।

कुनै उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन चाहेमा संविधानसभा बैठकमै फिर्ता लिनसक्ने संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्माले जानकारी दिनुभयो । यसैबीच संविधानसभा अध्यक्षमा नेकपा एमालेका तर्फबाट संविधानसभा सदस्य सुवास नेम्वाङ निर्वाचित हुने लगभग पक्का भएको छ । नेपाली कांग्रेस, राप्रपा नेपाल लगायतका दलले नेम्वाङलाई मतदान गर्ने निर्णय गरिसकेका छन् ।
निर्वाचित हुनका संविधानसभामा वहाल सदस्यको बहुमत आवश्यक पर्छ । कांग्रेस र एमालेका सभासद्को संख्यानै बहुमत पुग्ने भएकाले नेम्वाङ निर्वाचित हुने लगभग पक्का भएको हो । त्यस्तै एकीकृत नेकपा माओवादीले संविधानसभा अध्यक्ष आफ्नो दलले पाउनुपर्ने भन्दै उम्मेदवार छनोटमा जुटेको छ ।

उम्मेदवारी दिने या नदिने भन्ने कुराको टुंगो लगाउन मंगलबार विहान माओवादी कार्यालय समितिको बैठक र एकीकृत माओवादी नेतृत्वको गठबन्धनको बैठक बस्ने माओवादी केन्द्रीय सदस्य चुडामणि खड्काले जानकारी दिनुभयो ।


Post Comment
Name *
Email *
Address *
Comment *
Security Code *
 
 
   
अरु समाचारहरु :: National News

Events View all+

Articles View all+

Poll Widget

HACKED BY ANONYUKH