• ANONYUKH

    ANONYUKH WAS HERE

दुर्घटनाग्रस्त विमान अर्घाखाँचीको ढिकुरेमा गाउँलेले भेटे, प्रहरी घटनास्थलमा पुग्दै Feb 16, 2014 22:32

अर्घाखाँचीमा हराइरहेको विमान स्थानीयबासीहरुले फेला पारेर प्रहरीलाई खबर गरेका छन् । जिल्लाको ढिकुरे गाविसको ८ नम्बर वडा मसिनालेकको डाडोमा जहाज टुक्रा-टुक्रा भएर खसेको स्थानीयबासीलाई उदृत गर्दै प्रहरीले जनाएको छ। जहाज खसेको डाडाँसँगै नेपाल टेलिकमको टावर पनि छ । स्थानीयबासीले खबर गरेसँगै उद्दारमा खटिएका सुरक्षाकर्मीको टोली त्यसतर्फ प्रस्तान गरेको छ। घटनास्थल सदरमुकाम सन्धिखर्कसँग सिमाना जोडिएको गाविस हो।

दुर्घटनाको खबर पाएसँगै आइतबार दिउँसो ३ बजेबाट नेपाल प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दाले खोजीकार्य गरे पनि जहाज कहाँ खसेको पत्ता लगाएका थिएनन्।

आइतबार राति ११ बजेपछि रोकिएको खोजी कार्य अहिले केही बेरअघिबाट सेना र प्रहरीले सुरु गरेको नागरिक उड्यान प्राधिकरण स्रोतले बताएको थियो।

काठमाडौँबाट जुम्लाका लागि उडेको ९ एन एबीबी कल साइन भएको सो जहाज इन्धन भर्नका लागि पोखरा विमानस्थलमा अवतरण गरेपछि अपराह्न १२.४३ बजे त्यसर्फ उडेको उडेको थियो।

प्रवक्ता शर्माका अनुसार भैरहवास्थित गौतम बुद्ध विमानस्थलमा अन्तिम सम्पर्क गरेको थियो। जहाजका क्याप्टेन शङ्कर श्रेष्ठले मौसम खराब भएको भन्दै पोखरा फर्काउने अनुमति मागेको केही समयपछि १ बजेर १३ मिनेटपछि बेपत्ता भएको थियो।
 
हराइरहेको जहाजमा नेपाली काँग्रेस जुम्लाका सभापति मानव सेजुवाल, नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय सदस्य गौरी कठायत, नेपाली सेनाको २४ नं बाहिनीका मेजर दीपक श्रेष्ठ, जिल्ला हुलाक कार्यालय जुम्लाका निमित्त प्रमुख उमा तामाङ र हुम्लाका प्रमुख उमा श्रेष्ठ, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा विकल्प पोखरेल, कृषि विकास बैंक जुम्लाका प्रमुख राजेन्द्रप्रसाद देवकोटालगायत १८ जना  सवार थिए ।

Post Comment
Name *
Email *
Address *
Comment *
Security Code *
 
 
   
अरु समाचारहरु :: National News

Events View all+

Articles View all+

Poll Widget

HACKED BY ANONYUKH