• ANONYUKH

    ANONYUKH WAS HERE

हिजोदेखि हराएको विमान अर्घाखाँचीको मसिनालेकमा खसेको आशंका Feb 16, 2014 22:31

                          काठमाडौं, फागुन ५ – नेपाल वायु सेवा निगमको ट्विनअटर विमान अर्घाखाँची खाठीकोटको मसिनालेकमा खसेको आशंकामा अहिले त्यस क्षेत्रमा खोजी भइरहेको छ ।

अर्घाखाँचीकै खिदिम गाविसमा दुर्घटना भएको आशंका आइतबादेखि खोजी भएको थियो । सोमबार विहानपनि खिदीममा खोजी भएको तर फेला नपरेपछि खाठीकोटको मसिनालेकमा खसेको आशंकासहित विमान खोजीमा खटिएको टोली त्यसतर्फ गएको अर्घाखाँचीबाट उज्यालो सहकर्मी प्रेमनारायण आचार्यले जनाएका छन् ।

प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले खिदीम गाविसको हर्राबोट र कुलैलीकोबीचमा पर्ने मुर्राकोटमा विमान खसेको आशंका गरिएपनि नभेटिएकाले मसिनालेकमा टोली खटिएको तर विमान खसेको ठाउ पत्ता लाग्न नसकेको जानकारी दिनुभयो ।

काठमाडौंबाट पोखरा हुँदै जुम्लाका लागि उडेको नाइन एन ए बीबी ट्वीनअटर विमान आइतबार दिउँसोदेखि सम्पर्कविहिन भएको हो । विमानमा तीन जना चालक दलका सदस्य, एक बालकसहित १४ जना नेपाली र एकजना विदेशी यात्रु रहेको निगमले जनाएको छ ।

आइतबार दिउँसो १२ बजेर ४० मिनेटमा पोखरा विमानस्थलबाट जुम्लाका लागि उडेको विमानले अन्तिम पटक पोखरा विमानस्थलसँग १ बजेर ६ मिनेटमा सम्पर्क गरेको थियो ।

विमानमा नेपाली काँग्रेस जुम्लाका सभापति मानव सेजुवाल, जुम्ला वाहिनीका मेजर दिपक श्रेष्ठ, पत्रकार महासंघका पुर्व केन्द्रिय सदस्य गौरी कठायत, कृसष विकास बैंक जुम्लाका म्यानेजर राजेन्द्र देवकोटा, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रमुख डा बिकल्प पोखरेल हुनुहुन्थ्यो ।

विमानमा शिक्षक तेजवहादुर महतारा, हुम्लाका हुलाक प्रमुख उमा श्रेष्ठ, कृष्णनाथ अधिकारी, टेकबहादुर कठायत, नन्द महतारा, उमा तामाङ, डी महतरा, आर चौलागाई, डी शाही, बी हमाल न्यौपाने, डीपी उपाध्याय रहेको निगमले जनाएको छ । विमानमा चालक शंकर श्रेष्ठ, सहचालक रवीन्द्र बञ्जारा र परिचारिका मुना महर्जन हुनुहुन्थ्यो ।

विमान हराएको २४ घण्टा हुन लाग्दा समेत पत्तो नलागेको भन्दै जुम्लाका स्थानीयले अहिले जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका उज्यालो सहकर्मी नेत्र शाहीले जनाएका छन् ।


Post Comment
Name *
Email *
Address *
Comment *
Security Code *
 
 
   
अरु समाचारहरु :: National News

Events View all+

Articles View all+

Poll Widget

HACKED BY ANONYUKH