• ANONYUKH

    ANONYUKH WAS HERE

नेपाल वायु सेवा निगमको विमान सम्पर्क विहीन Feb 16, 2014 07:49

               काठमाडौं, फागुन ४  - (अपडेट) पोखराबाट जुम्लाका लागि उडेको नेपाल वायु सेवा निगमको विमान सम्पर्क बिहीन भएको छ ।

काठमाडौंबाट पोखरा हुँदै जुम्लाका लागि उडान भरेको नाईन एन एबिबी विमान दिउँसो १२ बजेर ४० मिनेटमा पोखरा विमानस्थलबाट जुम्लाका लागि उडेको थियो ।

२ बजे जुम्ला अवतरण गर्नुपर्ने भएपनि अहिलेसम्म विमान सम्पर्कमा नरहेको पोखरा विमानस्थलका प्रशासन अधिकृत काशिनाथ पौडेलले जानकारी दिनुभयो । विमानमा ३ जना चालक दलका सदस्य, एकजना बालक र अरु १४ जना यात्रुसहित १८ जना सवार थिए ।

ईन्धन भर्नका लागि पोखरा विमानस्थलमा अवतरण गरेको विमानले पोखराबाट थप यात्रु भने बोकेको थिएन । त्रिभुवन विमानस्थलमा रहेको नेपाल वायु निगमको कार्यालयले सम्पर्क विहिन भएको विमानको खोजीका लागि टोली खटिएको बताएको छ । यस्तै पोखराबाट पनि विमानको खोजिका लागि हेलिकप्टर उडेको छ ।

विमानका यात्रुको नामावली

हराएको विमानका लागि कर्णाली ट्राभलबाट टिकट काटेको पाइएको छ । ट्राभलका अनुसार नेपाली काँग्रेस जुम्लाका सभापति मानव सेजुवाल, पत्रकार गौरी कठायत, टेकबहादुर कठायत, नन्द महतारा, डी महतरा, वर्षा हमाल, उमा तामाङ डाक्टर विकल्प पोखरेल डीपी उपाध्याय र एक जना डेनिस नागरिक छन् ।

यस्तै राजेन्द्र प्रसाद देवकोटा, हुम्लाका हुलाक प्रमुख उमा श्रेष्ठ र कृष्णनाथ अधिकारी रहेको खुलेको छ । दुई जनाको भने नाम खुलेको छैन् । विमानको चालक शंकर श्रेष्ठ, सहचालक रवीन्द्र बञ्जारा र एयर होस्टेस मुना महर्जन हुनुहुन्थ्यो ।  सबैको अवस्था अझै थाहा हुन सकेको छैन् ।


Post Comment
Name *
Email *
Address *
Comment *
Security Code *
 
 
   
अरु समाचारहरु :: National News

Events View all+

Articles View all+

Poll Widget

HACKED BY ANONYUKH