• ANONYUKH

    ANONYUKH WAS HERE

इटालीमा ६ सय १८ नेपालीको चिहान, १६ बर्षे किशोर पनि सहिद Feb 15, 2014 23:34

           ४ फागुन, काठमाडौं । इटालीको पहाडी क्षेत्र मोँतेजमा बस्ने चितवनका शम्भु घिमिरे रिमिनीस्थित सिंगला बार्बक नामको सामूहिक चिहानघर पुग्दा जहिल्यै भावुक हुन्छन् ।

सात समुन्द्रपारिको देशमा कोही आफन्त, शुभेच्छुक वा प्रियजनको मृत्युले उनलाई भावुक बनाएको होइन् । अक्सर नेपाली नपुग्ने यस क्षेत्रमा पुगेकाहरु पनि रसाएका आँखा लिएर निस्कन्छन् । किनभने, त्यहाँ ज्ञात(अज्ञात ६ सय १८ नेपालीको चिहान छ । ती नेपाली ७१ वर्षअघि दोस्रो विश्वयुद्धका बेला बेलायतको पक्षमा जर्मनीविरुद्ध बेला बेलायतका पक्षमा जर्मनीविरुद्ध लड्दा मारिएका थिए, जसका बारेमा धेरै नेपालीलाई समेत थाहा छैन् ।

इटालीको उत्तरपूर्वी समूद्री तटमा रहेको यो ठाउँमा बेलायतको विख्यात बहादुरी पदक भिक्टोरिया क्रसद्धारा मरणोपरान्त सम्मानित राइफलम्यान थममान गुरुङ र सेरबहादुर थापासहित ज्ञात ५ सय ९१ र अज्ञात २७ जना गरी ६ सय १८ जना नेपालीको चिहान छ ।

यो गोर्खाली फौज इन्डियन राइफल्सबाट यहाँ जर्मनीविरुद्ध लड्न १९४३ मा इटाली आइपुगेको भारत सरकारले यहाँ बनाएको सैनिक स्मारकमा उल्लेख छ । नेपाली सैनिकहरु गोरखा रेजिमेन्ट्स अन्तर्गत त्यतिखेर भारतमा तैनाथ थिए, जो बेलायतका पक्षमा लड्थे ।

स्मारकमा उल्लेख भए अनुसार यहाँ दोस्रो, चौथो, पाँचौं, छैटौं र सातौं गोर्खा राइफल्सलगायत विभिन्न गोर्खा राइफल्समा भर्ती भएका नेपाली सन् १९३९ देखि १९४५ सम्म लडेका थिए । र, यहाँ मारिनेमध्ये धेरै सातौं गोर्खा राइफल्सका रहेको नेपाल साप्ताहिकमा ददिराम सापकोटाले लेखेका छन् ।

प्रथम र दोस्रो विश्वयुद्धले कति क्षति पुर्यायो भन्ने अध्ययन गर्न बेलायतले एउटा संस्था नै खोलेको थियो, कमन वेल्थ ग्रेभ कमिसन्स । यसले उनीहरुको तर्फ के कति क्षति भयो, खोजविन गरेर अभिलेख राख्ने काम गर्न थाल्यो । जानकारी पाएसम्म मृतकको नाममा उनीहरुले चिहान बनाए ।

अहिले पनि ग्रेभ कमिसन्सले सबै चिहान घर र स्मारकको रेखदेख, मर्मत सम्भार गर्छ । घटनासित सम्बन्धित प्राप्त सबै अभिलेख राख्ने काम पनि गर्छ । कमिसन्सले अझै पनि खोजबिन गरिरहेको छ ।

तर, भनिन्छ भारतीय

रमिनीको यो चिहान घरमा भारत सरकारले एउटा ठूलो स्मारक बनाएको छ । त्यसमा ‘लडाइँको मैदानमा वीरगति पाउने र जसको दाहसंस्कार गरियो, ती भारतीय सैनिकको सम्मानमा यो स्मारक निर्माण गरिएको हो,’ भन्ने बेहोरा हिन्दी भाषामा उल्लेख छ । यही वाक्यले धेरै नेपालीलाई दुःखी बनाउँछ । किनभने, त्यहाँ मारिएका झन्डै सबैजसो सैनिक नेपाली छन् । तर, तिनलाई भारतीय भनेर चिनाइएको छ ।

पहिलो र दोस्रो विश्वयुद्धका बेला भारत स्वतन्त्र मुलुक नभएकाले ती सैनिकलाई भारतीय सैनिक भन्न नमिल्ने तर्क भूतपूर्व गोर्खा सैनिक संगठन (गेसो) बेलायतका उपाध्यक्ष कृष्ण साङपाङ राई गर्छन । ‘त्यस बेला भारत आफैं स्वतन्त्र थिएन । कसरी ती भारतीय सेना हुने ? बेलायतका लागि भारतीय सेनाको तर्फबाट लडेका नेपाली सेना हुन् । ती नेपाली हुन, भारतीय सेना भन्नु अन्याय हो ।’

यस्तो आपत्ति त्यहाँ घुम्न जाने अरु नेपालीले पनि चिहानघरमा राखिएको आगन्तुक पुस्तिकामा व्यक्त गरेका छन् । हस्ताक्षर पुस्तिकामा श्याम तामाङले लेखेका छन्, ‘नेपाली मर्दा पनि भारतीय बनाउनु लाजमर्दो कुरा हो । तिनले नेपाली भएरै मर्न पाउनुपर्छ । तीमाथि न्याय नहोस् ।’

प्राप्त दस्तावेजका अनुसार रिमिनीमा गोर्खाली सैनिकहरु विभिन्न भारतीय पल्टनबाट लड्न आएका थिए । भारतीय पल्टनका तर्फबाट लड्न ल्याइएका तिनै नेपाली नै त्यहाँ मारिएका थिए ।

तर स्मारकमा भने तिनलाई कहीँ पनि नेपाली भनिएको छैन् । त्यहाँ उल्लेखित घरको ठेगानाबाट भने उनीहरु नेपाली भएको प्रस्टै थाहा हुन्छ । त्यहाँ लड्न आएकामध्ये केहीको नाम फेला नपरेकाले सैनिकहरुको नामावली सूची र स्मारकमा ‘एक भारतीय सैनिक’ मात्र लेखिएको छ ।

प्रथम विश्वयुद्ध सन् १९१४ देखि १९१८ सम्म भए पनि नेपाली भने १९३९ देखि १९४५ सम्म लडेको स्मारकमा उल्लेख छ । र, त्यो समय दोस्रो विश्वयुद्धको हो । तर, जर्मनीविरुद्ध लड्न आएका अन्य गोर्खा सैनिक बेल्जियमको इपरस्थित स्मारकमा सन् १९१५ मै आइपुगेको उल्लेख भएकाले इटालीको स्मारकमा उल्लेखित दस्तावेजले शंका उत्पन्न गराउँछ ।

केही नेपाली सेनाको उमेरसम्म उल्लेख नहुनाले ती बाल सैनिक हुन सक्ने अड्कल पनि गरिन्छ । त्यहाँ १६ वर्षमुनिका किशोरलाईसमेत संलग्न गराइएको हुन सक्ने नेपालीहरु बताउँछन् ।

कमनवेल्थ ग्रेभ कमिसन्सको रिपोर्टमा उल्लेखति २७ जना अज्ञात सेनाको नाम नहुनुमा साह्रै कम उमेरका समेत भएकाले नाम नराखिएको हुन सक्ने उनीहरुको आशंका छ ।

‘बेलायतीहले त्यहाँ १४–१५ वर्षका नेपालीलाई पनि ल्याएकोले नाम भएर पनि नदिएको हुन सक्छ । यसको सत्यतथ्य खोज्नुपर्छ,’ भेनिसका अम्मर गुरुङले इमेलमा प्रतिक्रिया दिएका छन् ।

सहिद हुने १६ वर्षे किशोर पनि

उक्त युद्धमा मारिएका ६ सय १८ नेपाली सैनिक मध्ये सातौं गोर्खा राइफल्सका नायक १६ वर्षका मनबहादुर राईसम्म छन् । उनको उमेरले नै बताउँछकी उनी त्यस बेलाको कानुनविपरित सेनामा भर्ती गरिएका थिए । उनीसँगै १७ वर्षका कर्णध्वज राईलगायत केही किशोरको नामावली स्पष्ट उल्लेख छ,स्मारकमा ।

युरोपेली कानुनले १८ वर्ष नपुगेकालाई बालिग मान्दैन । त्यसैले नेपाल सरकारले यसमा ध्यान दिए अझै पनि लडाइँमा संलग्न गराउनेलाई कारबाही र त्यसको क्षतिपूर्ति हुनसक्ने सम्भावना छ ।

गेसोका उपाध्यक्ष राई भन्छन् ‘हामीले कस्तो घटनासम्म पायौं भने बाबु र छोरा दुबैलाई एकैचोटी भर्ती गरेका छन्, बेलायती सेनामा । त्यो त ठाडै कानुनको उल्लघंन हो । १६ वर्षका किशोरलाई युद्धमा संलग्न गराउनै पाइदैन ।

 

 

Post Comment
Name *
Email *
Address *
Comment *
Security Code *
 
 
   
अरु समाचारहरु :: National News

Events View all+

Articles View all+

Poll Widget

HACKED BY ANONYUKH