• ANONYUKH

    ANONYUKH WAS HERE

कतारमा लखन थापाको सम्झना Feb 15, 2014 08:53
 84  2  86 

 


                        हाम्रो इतिहास हाम्रो गौरव भन्ने नाराका साथ नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतार तथा नेपाल प्रवासी मगर संघ कतारको संयुक्त आयोजनामा भएको कार्यक्रम नेपाल प्रवासी मगर संघ कतारका अध्यक्ष शरण थापा मगरको सभातित्व र नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारका का.बा अध्यक्ष सियाराम चौधरीको प्रमुख आतिथ्यमा भएको थियो ।फागुन ३ –  प्रथम शहीद लखन थापा मगरको १ सय ३७ औं स्मृति दिवसका अवसरमा कतारमा श्रद्धाञ्जली कार्यक्रम गरिएको छ ।

कार्यक्रममा नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारमा आवद्ध मातृ संस्थाहरुका प्रतिनिधी, वैचारिक संस्थाहरु नेपाली जन सम्पर्क समिति कतार, नेपाली प्रवासी मञ्च कतार र कतार नेपाली एकता समाज कतारका प्रतिनिधी,महिला समाज कतार र पाल्पाली समाज कतारका प्रतिनिधीहरुको उपस्थिती थियो । कार्यक्रममा सहभागी वक्ताहरुले नेपालको राजनैतिक इतिहासमा जंगबहादुरको जहानियाँ, तानाशाही र निरंङ्कुश शासन विरुद्ध पहिलो जनविद्रोह गरेर राजनीतिक आन्दोलनको सुरुवात गर्ने प्रथम शहिद लखन थापा मगर भएको यथेष्ट प्रमाण हुँदा हँुदै पनि राज्यले यतिका बर्षसम्म बेवास्ता गरेको दुखेसो पोखे ।

को हुन लखन थापा ?

वि.सं. १८९१ मा गोरखा जिल्ला, बुङकोट–४ काहुले भंगारमा जन्मिएका लखन थापा मगर बाल्यकालदेखि नै अत्यन्त स्वाभिमानी र राट्रवादी स्वभावका हुनुहुन्थ्यो । मातृभूमि प्रति बफादार भै राट्रकोलागि मरिमेट्ने अभिलाषालाई पूर्णता दिन बीस बर्षको उमेर अर्थात वि. सं. १९११ मा पुरानो गोरख गणमा भर्ती हुनु भयो । अत्यन्त योग्य र तीक्षण बुद्धि भएकाले उहाँले छोटो समयमै रण कौशल, सैन्य संगठन, सामरिक योजना, युद्धकला र रण प्रविधि आदिबारे दक्षता हासिल गर्नुभयो । क्षमतावान भएकै कारणले चौध बर्षको सैनिक जीवनमा वि.सं. १९२५मा उहाँ कप्तान हुनु भएको थियो ।

नेपाली सेनामा रहि तीन महिने घर बिदामा गोरखा आएको बेला लखन र उहाँका सहयोद्धा जयसिंह चुनी मगरले तत्कालिन जंगबहादुरको जहानियाँ, तानाशाही र निरंङ्कुश शासन विरुद्ध संगठित हुने र पुनः सेनामा नफर्कने निधो गर्नुभयो  । अन्य ब्यक्तिहरुको सहयोगमा स्थानीय युवाहरुको विद्रोही फौज खडा गर्नुभयो । ढुङ्गाले घेरी बलियो किल्लाको निर्माण गरियो । सेनालाई आवश्यक पर्ने हात हतियार तथा रासन पानीको पनि बन्दोबस्त भयो ।

उहाँहरुले गोरखाको गाँउ गाउँ पुगेर जंगबहादुरको बिरुद्ध आवाज उठाउन थाल्नुभयो । यसको प्रभाव जनताहरुमा पर्दै गयो । जनताहरुको स्वतः स्फूर्त सहभागिता बढ्दै गयो । नेपालमा यसरी पहिलो पल्ट जंगबहादुर बिरुद्ध संगठित रुपमा लखन थापाको नेतृत्वमा जनविद्रोह प्रारम्भ भयो । वि.सं. १९३२ सालमा चेतनाको दियो बालेर लखन थापाको नेतृत्वमा जनस्तरबाट उठेको विद्रोहलाई दमन गर्ने सिलसिलामा वि.सं. १९३३ साल फागुन २ गते उहाँकै घर बुङकोट–४ काहुले भंगारमा आफैंले बनाएको बिद्रोही किल्ला परिसरमा रहेको खिर्राको रुखमा जहानियाँ राणा शासकका सैनिकले झुण्ड्यार उहाँलाई शहीद बनाएका थिए ।

 - 
 

Post Comment
Name *
Email *
Address *
Comment *
Security Code *
 
 
   
अरु समाचारहरु :: International News

Events View all+

Articles View all+

Poll Widget

HACKED BY ANONYUKH