• ANONYUKH

    ANONYUKH WAS HERE

किन टुट्छन् प्रेम सम्बन्ध ? Feb 13, 2014 09:49

यति चोखो यति मिठो दिउँला तिमीलाई माया

बिर्सने छन् साराले पुराना दिनका कथा……


श्याम शुन्दर पुडासैनी


हो, नारायण गोपालले गाएको यो गीत भ्यालेन्टाइन डेको आगमनसँगै केही युवायुवतीहरु लागू गर्ने तयारीमा छन् । आफूले मन पराएको युवा वा युवतीलाई प्रस्ताव राख्न लालयित भइरहेका छन् ।

केही युवायुवतीहरुमा भने भ्यालेन्टाइन डेको उत्साह छैन । प्रेम र ‘डेटिङ’ भन्ने बित्तिक्कै निराशा छाउँछ उनीहरुमा । कुनैबेला अथाह माया समर्पण गरेको प्रेमी— प्रेमिकाबाटै धोका पाएपछि उनीहरुको हृदय छियाछिया भएको छ । माया भनेको धोखा र चोटको पर्याय ठान्दछन् उनीहरु ।

अहिले माया र प्रेम व्यापारिक बन्दै गएको छ । वर्ष होइन, महिना दिनमै जोडी टुटेको घटनाहरु पनि छन् । एउटासित ‘साटिएको मुटु’ कुनैपनि बेला अरुकोमा टाँसिन पुग्न सक्छ । विद्धानहरु भन्छन्, प्रेम गर्नु भनेको भगवानको आराधना हो । तर अहिले यो धारणा परिवर्तन भएको छ । थोत्रो दर्शन बनेको छ । अहिलेको युवा पुस्तामा माया भनेको ‘ग्याजेट्स’ हो, जुन सजिलैसँग परिवर्तन गर्न सकिन्छ । अफेयर टुट्दा दुःखी नहुने जमात बढेको छ ।

ग्याजेट्सझैं परिवर्तन

अफेयर ग्याजेट्सझैँ किन परिवर्तन हुन्छ ? किन मायाको व्यापारीकरण भइरहेको छ ? घाइते प्रेमीप्रेमिकाहरु यो विषयमा विभिन्न धारणा राख्छन् । कतिपयले प्रेम सम्बन्धलाई देखावटी शानसित जोडेर हेर्छन् । कतिपयले आफ्नो प्र्रेमी—प्रेमिकाले आफूसित प्रतिवद्ध माया नदर्शाएको पीडा पोख्छन् । पश्चिमा समाजमा चलिआएको अस्थायी युगल सम्बन्धको अभ्यास हुन थालेको छ नेपालमा पनि ।

खासगरी सहरीकरणमा हुर्किएको किशोर पुस्तामा ‘अफेयर’ विचलनको घटना बढी देखिएको छ । कक्षा १२ मा अध्ययनरत काठमाडौ, शान्तिनगरका अमृत घिमिरे अफेयर परिवर्तन हुनु सामान्य भएको बताउँछन् । ‘दुबैमा हार्दिकता भइरह्यो भने सम्बन्ध टिकिरहन्छ’ उनले भने ‘एउटाले देखाएको सम्झौता र उदारतालाई उसको प्रेमी वा प्रेमिकाले कमजोरी ठान्नु भएन ।’

उनकै छिमेकी सरिता दाहाल पनि ‘घाइते’ प्रेमिका हुन् । उनको एक वर्षको अफेयर उनकै प्रेमीले गरेको दोहोरो चरित्रले टुट्यो । ‘प्लस टू’ पढ्दाखेरि उनको बेञ्च सामुन्ने बस्ने अभिषेकसँग आँखा जुधिरहन्थ्यो । तर दुबैले आपसमा प्रस्ताव राख्ने हिम्मत गरेका थिएनन् । एकदिन पिकनिकमा अभिषेकले सरिताकी बालसखा सौजन्यमार्फत् प्रस्ताव पठाए । सौजन्यले ‘कन्भिन्स’ गरिन् उनलाई । भित्री मनले त चाहेकै थिइन्, एक दिन कुराएर भोलिपल्ट प्रस्ताव स्वीकारिन् ।

प्रस्ताव स्वीकृतिसँगै उनीहरुको डेटिङ चल्दै गयो । होमवर्क सार्ने, क्यान्टिनमा सँगै हुनु सामान्य हुन थाल्यो । राति घन्टौसम्म फोन वार्ता, च्याटिङ र एसएमएसको बाढी हुन्थ्यो । यो जोडीलाई सहपाठीहरु सबैले भन्थे, लैलामजनू ।

तर यो सम्बन्ध एक वर्षपछि क्षतविक्षत भइदियो । ‘एकदिन क्यान्टिनमा एक्लै कफी पिउन पुगेको थिएँ । क्याफेको कुनामा एउटा केटा र केटी लपक्क टाँसिएर बसेका थिए’ सरिताले भनिन् ‘अचानक त्यो केटा र मेरो आँखा जुध्यो । म छाँगाबाट खसेजस्तो भएँ । त्यो केटो अभिषेक पो रहेछ ।’

सो घटनाले उनी पागल झै भइन् । केही बोल्नै सकिनन् । ‘ऊ मलाई क्लेरिफिकेसन दिन खोज्दै थियो, मैले एक झाप्पड हिर्काएँ र रुँदै निस्किएँ’ सरिताले वेदना सुनाइन् ‘ त्यसपछि मैले अफेयर टुटाएँ ।’

योजनाविहीन अफेयर

यस्तै, आयुष्मा कोइरालाको कथा पनि दुःखद छ । प्रेमीले उनीसित राख्न खोजेको फिजिकल रिलेसन प्रस्ताव अस्वीकार गरेपछि महिनौंको अफेयर टुट्यो । त्यसो त, नयाँ बानेश्वरकी रोजिना शर्मा र उनको प्रेमी संगम विष्ट दुबैले आफूहरुको सम्बन्धको गन्तव्य निर्धारण गर्न सकेनन् । सहरी पुस्तामा अभ्यस्त हुँदै गएको ‘अफेयर एण्ड सेक्स’ दुबै उपभोग गरे उनीहरुले । तर सम्बन्धको दुई वर्षपछि संगमलाई उसको अभिभावकले होटल म्यानेजमेन्ट पढ्न युके पठाइदिए । उनीहरुको सम्बन्ध त्यत्तिकै टुट्यो । अहिले रोजी अष्ट्रेलियामा छिन् ।

अचेल प्रेमलाई अस्थायी ‘रोमान्स’ ठान्ने जमात बढिरहेको छ । प्रेममा प्रतिवद्धता र गन्तव्य निर्धारण नगरी अघि बढ्ने युवायुवतीहरु निकै छन् । योजनाविहीन र भौतिक प्रेम सम्बन्ध हावी भइरहेको छ । फलस्वरुप, ‘घाइते’ प्रेमी प्रेमिकाहरुको संख्या बढिरहेको छ । एक वाक्यमा भन्नुपर्दा, प्रेममा आत्मीयता हराउन थालेको छ ।


Post Comment
Name *
Email *
Address *
Comment *
Security Code *
 
 
   
अरु समाचारहरु :: Entertainment

Events View all+

Articles View all+

Poll Widget

HACKED BY ANONYUKH