• ANONYUKH

    ANONYUKH WAS HERE

वन्यजन्तु कारोबारविरुद्ध अन्तर्राष्ट्रिय अपरेसन Feb 11, 2014 23:34
                      काठमाडौं-वन्यजन्तुको अवैध कारोबारविरुद्ध सञ्चालित एकमहिने अन्तर्राष्ट्रिय अपरेसनका क्रममा वन्यजन्तुको अंग कारोबारमा संलग्न पाँच नेपालीसहित ४ सय जना पक्राउ परेका छन्।
 
थाइल्यान्डको बैंकक र केन्याको नौरोबीमा बसेर नेपाल, बुरुन्डी, कम्बोडिया, चीन, कंगो, इथोपिया, घाना, भारत, इन्डोनेसिया, केन्या, लाइबेरिया, मलेसिया, थाइल्यान्डलगायत २८ देशमा वन्यजन्तुको अंग कारोबार नियन्त्रण गर्न संयुक्त अपरेसन चलाइएको थियो। अपरेसनमा नेपालबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो प्रतिनिधि सामेल थिए।

वन्यजन्तुको अंग कारोबारमा फैलिएको अन्तरदेशीय संगठित जालो भत्काउन इन्टरपोल, विश्व भन्सार संगठन र साइटिस सचिवालयको सहयोगमा एक वर्षअघि वन्यजन्तुको अंगको कारोबार देखिएका देशमा संयुक्त अपरेसन सुरु भएको थियो।

लुसाका एग्रिमेन्ट टास्क फोर्स, साउथ एसियन वाइल्ड लाइफ इन्फोर्समेन्ट नेटवर्क, चाइना इन्टरनेसनल एजेन्सीसँगै एसिया, अमेरिका र दक्षिण अफ्रिकी देशका प्रतिनिधि विशेष अपरेसनमा संलग्न थिए।

अपरेसनमा नेपालको तर्फबाट सहभागी प्रहरी निरीक्षक भोलाकुमार भट्टका अनुसार बैंककमा वन्यजन्तुका अंगका कारोबारबारे सुराकीमार्फत आएको सूचना सम्प्रेषण गरेर ३ सय ५० वटा अपरेसन चलाइएको थियो।

अपरेसनका क्रममा अफ्रिका र एसियामा सक्रिय तस्करका नाइकेहरू पक्राउ परेका छन्। प्रहरी निरीक्षक भट्टका अनुसार ३६ वटा गंैडाको खाग, ३ मेटि्रक टन हात्तीको दाह्रा, १० हजार कछुवा, साइटिसको सूचीमा संरक्षित जनावरका १ हजार छाला र २ सय किलो 'रोजउड' सहित कारोबारी पक्राउ परेका हुन्।

नेपालमा वन्यजन्तुको अंग कारोबारी सक्रिय रहेको आधारमा नेपालसमेत प्राथमिकतामा परेको थियो। ब्युरोसँगै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, वन विभाग, भन्सार विभाग र डब्लुडब्लुएफ नेपाल प्रतिनिधि रहेको राष्ट्रिय समन्वय टोली गठन गरेर थाइल्यान्ड पुगेका नेपाली प्रतिनिधिसँग समन्वय गरेर पुस १५ देखि माघ १२ गतेसम्म नेपालका १४ जिल्लामा संयुक्त कारबाही चलाइएको थियो।

नेपालबाट अपरेसन संयोजन गरेका केन्द्रीय अनुसन्धान ब्युरोका डिएसपी सविन प्रधानका अनुसार वन्यजन्तुको अवैध व्यापार हुने मुख्य नाका, मार्ग र सीमा क्षेत्र केन्द्रित अपरेसनका क्रममा नेपालमा सालकको खपटा, गैंडाको खाग, जिउँदो अजिंगर, चितुवाको छाला र बाघको हड्डीसहित कारोवारी पक्राउ परेका थिए।

जिल्लास्तरीय वन्यजन्तु अपराध नियन्त्रण इकाइ गठन भएका उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरसहित दार्चुला, महेन्द्रनगर, बाँके, बर्दिया, पर्सा, चितवन, नवलपरासी, रसुवा, सिन्धुपाल्चोक, ताप्लेजुङ र झापामा अपरेसन चले पनि ८ जिल्लामा कारबाहीको प्रभाव परेको थियो।

अपरेसनका क्रममा काठमाडौं, संखुवासभा, सुनसरीबाट ३४ किलो सालकको खपडासहित चार कारोबारी पक्राउ परेका हुन्। सोही अपरेसनअन्तर्गत काठमाडौंमा माघ १० गते बिक्रीका लागि बोकेर हिँडेको अवस्थामा सालक फेला परे पनि कारोबारी जोगिएका थिए।

सिरहामा प्रहरीले गिलिफर्म प्रजातिका २७ वटा चरा नियन्त्रणमा लिएर बिक्रीमा संलग्न अभियोगमा एक कारोबारी पक्राउ परेका थिए भने पुस ३० गते काठमाडौंमा गैंडाको खाग फेला परेको थियो।

प्रधानका अनुसार वन्यजन्तु तस्करीका फरार तीन कारोबारी चितवनमा पक्राउ परेका थिए। ललितपुरमा जिउँदो अजिंगर र दार्चुलामा चितुवाको छाला फेला परेको डिएसपी प्रधानले जानकारी दिए। प्रहरीले माघ ८ गते काठमाडौंमा १ किलो बाघको हड्डीसहित बिक्रीमा संलग्न एक कारोबारी पक्राउ गरेको थियो।

नेपालमा गैंडा, रेडपान्डा, चितुवालगायत वन्यजन्तुका अंग तस्करी हुँदै आएको छ। तस्करहरूले भारतबाट वन्यजन्तुका अंग चीन पुर्‍याउन नेपाललाई ट्रान्जिट बनाउँदै आएका छन्।

तस्कर समूहले स्थलमार्गबाट नेपाल भिœयाएका वन्यजन्तुका अंग स्थलमार्गबाटै चीन पुर्‍याउने गरेको छ। तस्करहरुले मुख्यगरी सिन्धुपाल्चोकको सिमाना तातोपानी, गोरखाको मनास्लु, नुवाकोटलगायत नाकाबाट वन्यजन्तुको अंग चीन पुग्ने गरेको छ भने चीनमा हुने साहतुसलगायतका वन्यजन्तुका अंग त्यही रुट हुँदै नेपाल भित्रिएर भारतलगायतका देश पुग्ने गर्दछ।

बाघको छाला, गैंडाको खाग मात्रै हैन, सालकको खपटा, भालुको पित्त, सिहर्स, चितुवा तथा रेडपान्डाको छाला पछिल्लो समय चीनको खासा लैजाने क्रममा बरामद हुने गरेको छ।


Post Comment
Name *
Email *
Address *
Comment *
Security Code *
 
 
   
अरु समाचारहरु :: ANONYUKH

Events View all+

Articles View all+

Poll Widget

HACKED BY ANONYUKH